मकवानपुर गोल्डकपको उपाधी एपीएफलाई

माघ २७, २०८० | मकवानपुर

मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा आज भएको फाइनलमा टाइब्रेकरमा न्युरोड टीम एनआरटीलाई ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो । 

खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । विजेता एपीएफले १५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ ।

 उपविजेता एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्यो । मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।

 महर्जनले पाए बुलेट बाइक

एपीएफका फरवार्ड अनिष महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् ।

करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गर्दा  उनी खुशीले गदगद भएका थिए । केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनले प्रतियोगितामा दुई गोल गरेका थिए । उनी हेटौंडाकै हुन् । पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सर्वोत्कृष्ट खेलाडीका लागि प्रायोजन गरेको थियो ।

आयोजकले वर्षेनी सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया