टी–२० आई सिरिजमा आज नामिबिया र नेदरल्यान्ड्स भिड्ने

फाल्गुन २०, २०८० | काठमाडौं

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

नेदरल्याड्सले आजको खेल जिते उसले शीर्ष स्थानमा रहँदै फाइनल खेल्ने छ । नामिबियालाई भने फाइनल पुग्न फराकिलो जितको आवश्यक पर्छ । यस खेलको विजेताले फाइनलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । ४ मध्ये २ खेल जितेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४÷४ अंक भए पनि रनरेटमा नेपाल अघि छ । नेदरल्यान्ड्स तीन खेलबाट दुई जित र एक हारसहित चार अंकका साथ शीर्ष स्थानमा छ ।


प्रतिक्रिया