इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

चैत्र १७, २०८० | सुनसरी

१४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि फुटबलको उपाधि चर्च ब्वाइजले जितेको छ । फाइनलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपबिजेतामा सीमित आर्मीले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ । चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेस परियारले तेस्रो मीनेटमा गोल गरे । च

र्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । आर्मीले साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसंगको फाइनल भिडन्त पक्का गरेको थियो । क्वाटर फाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्यु रोड टिम एनआरटीलाई पराजित गरेको थियो । चैत्र १० गते देखी सुरु भएको प्रतियोगितामा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता थियो ।


प्रतिक्रिया