लुटनमाथि म्यानचेस्टर सिटीको सानदार जित

तस्बिर : रोयटर्स 

वैशाख २, २०८१ | काठमाडौं

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । इतिहाद स्टेडियममा शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

सिटीको ३२ खेलबाट ७३ अंक भएको छ । सिटीको जितमा डाइकी हासियोका, माटेओ कोभासिच, इर्लिङ हालान्ड, जेरेमी डोकु र जोस्को गभार्डियोलले गोल गरे । लुटनका लागि रोस बार्कलीले एक गोल फर्काए । लुटन २५ अंकसहित १८ औं स्थानमा छ ।

लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथसँग २–२ को बराबरी खेलेको छ । ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि बर्नमाउथको घरेलु मैदानमा युनाइटेड एक अंक बटुल्न असफल भएको हो । यो नतिजासँगै युनाइटेड ५० अंकमा सातौं स्थानमा छ । 

यस्तै न्युकासल युनाइटेडले टोटनहमलाई ४–० र ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो । बर्नली र ब्राइटनले १–१ तथा नटिङघम फरेस्ट र उल्भ्सले २–२ गोलको बराबरी खेलेका छन् ।


प्रतिक्रिया