ओमान र साउदी अरेबीया विजयी

वैशाख २, २०८१

ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा आज भएका खेलमा घरेलु टोली ओमान र साउदी अरेबीया विजयी भएका छन् । आजको पहिलो खेलमा ओमानले कम्बोडियामाथि ६३ रनको जित हात पारेको हो भने साउदी अरेबीयाले हङकङलाई ५५ रनको अन्तरले पराजित गरेको हो । 

अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ सुरु गरेको ओमानले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा दिएको १ सय ५५ रनको लक्ष्य पाएको कम्बोडीया ७ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । वर्षाका कारण ११ ओभरमा छोट्टयाइएको खेलमा ओमानले नाशिम खुसीको ६९ रनको अर्धशतकिय इनिङ्समा १ सय ५४ रन बनाएको थियो । जितसँगै ओमान जारी प्रतियोगितामा दोस्रो जितबाट ४ अङ्क सहित समूह बी को शीर्ष स्थानामा उक्लिएको छ भने कम्बोडीया अङ्कविहीन हुँदै तालिकाको अन्तिम स्थानमा छ ।

यस्तै आज भएको समूह ए को अर्को खेलमा साउदी अरेबीयाले दिएको २ सय ३ रको लक्ष्य पछ्याउने क्रममा हङकङ १ सय ४७ रनमा अलआउट हुँदै ५५ रनले पराजित भएको छ । उसका लागि निजकत खानले ७३ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । त्यस अघि ब्याटिङ गरेकोे साउदीका लागि अब्दुल वहिदले ७७ तथा मनन अलिले ४४ रन बनाएका थिए । आजको खेलबाट साउदीले पहिलो जित निकाल्दै २ अङ्क सहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ भने समान अङ्क भएको हङकङ चौथो स्थानमा झरेको छ । सो समूहमा नेपाल पहिलो स्थानमा छ । 


प्रतिक्रिया