प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल क्रिस्टल प्यालेससँग स्तब्ध

वैशाख ३, २०८१ | काठमाडौं

इङलिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको लिभरपुल पछिल्लो खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । एन्फिल्ड स्टेडियममा आइतबार भएको खेलमा क्रिस्टल प्यालेसले लिभरपुललाई १–० गोल अन्तरले हराएको हो । 

प्यालेसको जितमा इबेरेची एजले खेलको १४ औं मिनेटमा गरेको गाल निर्णायक बन्यो । हारसँगै लिभरपुल ७१ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो । क्रिस्टल प्यालेस ३३ अंकका साथ १४ औं स्थानमा उक्लिएको छ ।

लिगकै अर्को खेलमा आर्सनल, एस्टन भिल्लासँग स्तब्ध भएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई पाहुना टोली एस्टन भिल्लाले २–० गोल अन्तरले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । 

एस्टनको जितमा दोस्रो हाफमा लियोन बेली र ओलीई वाटकिन्सले एक÷एक गोल गरे । बेलीले खेलको ८४ औं मिनेटमा र वाटकिन्सले ८७ औं मिनेटमा गोल गरेका हुन् । 

यो नतिजासँगै आर्सनल तालिकाको दोस्रो स्थानमा छ भने एस्टन ६३ अंकका साथ चौँथो स्थानमा छ । आइतबारकै अर्को खेलमा फुलहमले वेस्ट ह्यामलाई २–० ले पराजित गर्‍यो ।


प्रतिक्रिया