प्रिमियर लिगमा एभरटनमाथि चेल्सीको सानदार जित

तस्बिर : रोयटर्स 

वैशाख ४, २०८१ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सीले सानदार जित हासिल गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सीले पाहुना टोली एभर्टनलाई ६–० गोल अन्तरले हराएको हो । 

चेल्सीको जितमा मिडफिल्डर कोल पाल्मरले ह्याट्रिक सहित चार गोल गरे । पाल्मरले पहिलो हाफको २९ मिनेटभित्रै ह्याट्रिक गोल गरेका थिए । पाल्मरले खेलको ६४ औं मिनेटमा अर्को गोल थपेका थिए ।

यस्तै, निकोलस ज्याक्सन ४४ औं र एलिफ गिलक्रिस्टले ९० औं पनि १÷१ गोल गरे । यो जितपछि चेल्सी ३१ खेलबाट ४७ अंकका साथ तालिकाको नवौं स्थानमा रह्यो । 

एभरटन भने २७ अंकका साथ १६ औं स्थानमा रह्यो । हारले एभरटनमाथि रेलिगेसन दबाब कामय रहेको छ ।


प्रतिक्रिया