काभा यू–२० महिला भलिबल खेल्ने नेपाली टोलीको घोषणा

असार २०, २०८१ | काठमाडौं

नेपाल भलिबल संघले माल्दिभ्समा आयोजना हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने टोलीको घोषणा गरेको छ ।

संघले बाग्मतीका ६, लुम्बिनीका ४ तथा सुदूरपश्चिम र गण्डकी प्रदेशबाट १–१ जना सहित २० सदस्यीय खेलाडी छनोट गरेको हो ।

प्रतियोगिता माल्दिभ्सको मालेमा यही असार ३१ देखि साउन ९ गतेसम्म चल्ने नेपाल भलिबल संघले जनाएको छ ।

टोलीमा बाग्मतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ छन् ।

लुम्बिनीका निशा चौधरी, अनुशा चौधरी, मीना सुनार र आरती चौधरी तथा सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री छानिएका छन् ।

मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर छन् । 


प्रतिक्रिया