फ्रान्स युरो कप फुटबलको सेमिफाइनलमा

असार २२, २०८१ | काठमाडौं

फ्रान्स युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जमर्नीको ह्याम्बर्गमा गएराति भएको खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित र अतिरिक्त समयमा पनि खेल गोल रहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा फ्रान्सले पोर्चुगललाई ५–३ गोलले हराएको हो । 

पोर्चुगलका लागि पेनाल्टी सुटआउटमा जाओ फेलिक्स गोल गर्न चुके । फ्रान्सको पाँचै पेनाल्टी गोलमा परिणत भएको थियो । अब आगामी मंगलबार म्युनिखमा हुने सेमिफाइनलमा फ्रान्सले स्पेनको सामना गर्नेछ ।

यसैबीच, आज हुने क्वार्टरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया