युरो कप फुटवलः सेमिफाइनल प्रवेशका लागि आज दुई खेल हुँदै

असार २२, २०८१ | काठमाडौं

जर्मनीमा जारी युरो कप फुटवलको क्वाटरफाइनलका बाँकी दुई म्याच आज हुँदैछ ।

आजको पहिलो क्वाटरफाइनलमा इङल्याण्ड र स्वीजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुनेछ ।

अर्को क्वाटरफाइनलमा नेदरल्याण्डस र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । यसअघि स्पेन र फ्रान्स युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित र अतिरिक्त समयमा पनि गोल रहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा फ्रान्सले पोर्चुगललाई ५–३ गोलले हराएको हो ।

यसैबीच, आयोजक जमर्नीलाई पराजित गर्दै स्पेन युरो कपको अन्तिम चारमा पुगेको छ ।

स्टुटगार्ट एरिनामा गएराति भएको खेलमा घरेलु टोली जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्स र स्पेनबीच आगामी मंगलबार म्युनिखमा हुने सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।   


प्रतिक्रिया