स्पेनिस ला लिगामा रियल र लसपालमसले अंक बाँडे
भाद्र १४, २०८१ | काठमाडौं
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल म्याड्रिड हारबाट जोगिएको छ ।
गएराति भएको खेलमा रियलले लस–पालमससँग एक÷एक गोलको बराबरी खेलेको हो ।
खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत गोल गरेपछि रियल हारबाट जोगिएको हो ।
अल्बेर्टो मोलिइरोको गोलमा लस–पालमसले पाँचौं मिनेटमा खेलमा अग्रता लिएको थियो ।
एलेक्स सुआरेजको ह्यान्डबलपछि रियलले पाएको पेनाल्टीमा जुनियरले बराबरी गोल फर्काए ।
यो नतिजासँगै रियलले ३ खेलबाट ५ अंक जोडेको छ ।समान खेल खेलको लसपालमस २ अंकसहित १७ औं स्थानमा छ ।