इजरेल–हिजबुल्लाह युद्धविरामचर्चासंगै तेलको मुल्य ओरालो
मंसिर ११, २०८१ | काठमाडौं
इजरेल र हिजबुल्लाहबीच युद्धविरामको चर्चा चलेसंगै अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्यमा आज गिरावट आएको छ ।
यस अघि समेत गिरावट आएको तेलको मुल्य युद्धविराम हुने संभावना बढेसंगै पुन सस्तिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
लगानीकर्ताहरुले तेलमा गर्ने लगानीमा जोखिम देखेका कारण मुल्य सस्तिएको हो ।
विशेषगरी, युरोप, अफ्रिका र मध्यपूर्वका देशहरुमा हुने तेलको मूल्यनिर्धारण गर्ने सूचक बे्रन्ट क्रूडका अनुसार प्रतिव्यारेल २८ सेन्टले घटेर ७२.७३ डलरमा पुगेको छ ।
त्यस्तै, अमेरिकामा तेलको मूल्यनिर्धारण गर्ने मापदण्डको रुपमा लिइएको यूएस वेस्ट टेक्सास इन्टरमिडियट क्रुडका अनुसार प्रतिव्यारेल ३२ सेन्टले घटेर ६८.६२ डलर पुगेको जनाइएको छ ।
इजरेल–लेवनानबीच सहमतीहुने प्रतिवेदन सार्वजनिक भएसंगै दुवै मापदण्डमा सोमबार मात्र प्रतिव्यारेल २ डलर मुल्य घटेको थियो ।