चौथो टेस्टमा इण्डिया अस्ट्रेलियासँग १ सय ८४ रनले पराजित
पुस १५, २०८१ | काठमाडौं
अस्ट्रेलियाले चौथो टेस्टमा इण्डियालाई १ सय ८४ रनले पराजित गरेको छ ।
३ सय ४० रनको लक्ष्य पछ्याएको भारत आफ्नो दोस्रो इनिङ्समा अन्तिम दिन १ सय ५५ रन बनाएर अलआउट भयो । सो क्रममा इण्डियाका लागि ओपनर यशस्वी जयसवालले ८४ र ऋषव पन्तले ३० रन बनाए । अस्ट्रेलियाका लागि प्याट कमिन्स र स्कटल बोलान्डले तीन–तीन विकेट लिए ।
अस्ट्रेलिया यसअघि आफ्नो दोस्रो इनिङ्समा २ सय ३४ रन बनाएर अलआउट भएको थियो । आजको जितसँगै पाँच म्याचको टेस्टको सिरिजमा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ । पाँचौ तथा अन्तिम टेस्ट आगामी शुक्रवार शुरु हुनेछ ।