नेपाली पहिलो महिला राजदूत शाहको निधन
पुस १८, २०८१ | काठमाडौं
नेपाली पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९२ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी हुनुभएकी शाहको आज बिहान ७ बजेतिर काठमाडौंको कालिमाटीस्थित निवासमा निधन भएको उहाँको परिवारसँग निकट पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराईले जानकारी दिनुभयो ।
भट्टराइका अनुसार शाहको आजै अन्त्येष्टी गर्ने तयारी भएको छ ।
शाह २०४४ सालमा भारतको लागि पहिलो महिला राजदूत समेत हुनुहुन्थ्यो । उहाँ पहिलो परराष्ट्र सचिव तथा बंगलादेशमा नियोग प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।