आइपीएलमा आजः राजस्थान पञ्जाबसँग १० रनले पराजित, गुजरात र दिल्ली भिड्दै

जेष्ठ ४, २०८२ | काठमाडौं

इण्डियन प्रिमियर लिग क्रिकेटमा पञ्जाब किङ्ग्सले प्लेअफ समिकरणबाट बाहिरीसकेको राजस्थान रोयल्यसलाई १० रनले पराजित गरेको छ ।

राजस्थानको घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको पञ्जाबले २ सय २० रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा राजस्थान २ सय ९ रनमा समेटिएसँगै पञ्जाब विजयी भएको हो । राजस्थानका लागि आक्रमक ओपनीङ गरेका यशसवी जयसवालले १ छक्का र ९ चौकाको मद्दतमा ५० तथा बैभव सूर्यवंशीले ४ चौका र ४ छक्का सहित ४० रन बनाए पनि त्यसपछिका ब्याटरले सन्तोषजनक प्रर्दशन गर्न नसक्दा पराजित भएको हो ।

त्यसअघि पञ्जाबले ५ विकेटको क्षतिमा २ सय १९ रन बनाएको हो । उसका लागि नेहाल वाडेराले ७० रन तथा शसांक सिंहले ५९ रनको अर्धसतकिय इनिङ्स खेले । आजको जितसँगै पञ्जाव अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खेल खेलेको रोयल च्यालेन्जर्स बेङलोर १७ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट समान अंक बनाएको पञ्जाव नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

यसैबीच अहिले भइरहेको अर्को खेलमा तेस्रो स्थानको गुजरात टाइटन्स र पाँचौ स्थानमा रहेको दिल्ली क्यापीटल्सबीच प्रतिस्पर्धा जारी छ । गत अप्रिल २२ मा काश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलापछि एक हप्ताका लागि स्थगित हिजो सुरु भएको हो । यसअघि हिजो रोयल च्यालेन्जर्स बेङ्लोर र कोलकत्ता नाइटराइर्डसबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।   


प्रतिक्रिया