पीएम कप एनभीए महिला तथा पुरुष भलिबल : एपीएफ र पुलिस क्लब विजयी

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०८३ | काठमाडौं

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको महिला तर्फका खेलमा नेपाल एपीएफ र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । 

 यस्तै नेपाल पुलिस क्लबले एभरेष्ट क्लबमाथि ३–० को सोझो सेटमा जित हात पारेको छ । यसैबीच पुरुषतर्फ भएको खेलमा हेल्प नेपाल क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

 अर्को खेलमा त्रिभुवन आर्मी क्लबले खिल्जी युवा क्लब विरुद्ध सहज जित हात पारेको छ । आर्मीले सिल्जी विरुद्ध ३–१ को सेटमा विजयी भएको हो । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया