कराँते वान प्रिमियर लिगमा कांँस्य पदक विजेता एरिका स्वदेश फिर्ता

जेष्ठ २०, २०८२ | काठमाडौं

कराँते वान प्रिमियर लिगमा कांँस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङ नेपाल फर्किएकी छन् । एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेको सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, कोषाध्यक्ष कपशोर भट्टराईलगायत नेसनल कराँते टिमका सबै खेलाडीहरुले एरिकालाई स्वागत गरेका हुन् ।

 मोरक्कोको रावतमा भएको प्रिमियर लिगमा एरिकाले फ्रेन्च खेलाडीलाई हराएर कांस्य जितेकी थिइन् । उनले कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् । उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन् ।

 एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन् । उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।


प्रतिक्रिया