एनपीएल सिजन टूः काठमाडौं गोर्खाजद्वारा रिटेन खेलाडीको नाम सार्वजनिक

असार १४, २०८२ | काठमाडौं

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटका लागि फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले पहिलो संस्करणमा खेलेका ६ खेलाडीलाई निरन्तरता दिएको छ ।

काठमाडौं गोर्खाजले आज सामाजिक सञ्जालमार्फत पहिलो संस्करणमा खेलेका मार्की खेलाडी करण केसी सहितका ६ जनालाई रिटेन गरेको हो भने अन्य ६ खेलाडीलाई रिलिज गरेको छ ।

रिटेन हुने खेलाडीमा कप्तान करण केसीसहित भिम सार्की, शाहब आलम, दिपेश कँडेल, राशिद खान र प्रतिक श्रेष्ठ छन् । यस्तै सुमित महर्जन, विवेक केसी, शंकर राना, राजु रिजाल, कृष्ण कार्की र कृश कार्कीलाई भने टोलीलले रिलिज गरेको छ ।

यो पटक काठमाडौंले आफ्नो नाममा समेत केही परिवर्तन गरेको छ । गत सिजन टिमको नाम काठमाडौं गुर्खाज भएकोमा यो पटक गोर्खाज बनाइएको हो । यसअघि, सुदुरपश्चिम रोयल्स, चितवन राइनोज र लुम्बिनी लायन्सले पनि आगामी सिजनका लागि रिटेन र रिलिज भएका खेलाडीहरुको सूची सार्वजनिक गरिसकेका छन् । गत मंसिर–पुसमा आयोजित पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ड्सले जितेको थियो ।     


प्रतिक्रिया