एसईईको पूरक परीक्षा आगामी साउन २९ गतेबाट हुने

असार १४, २०८२ | काठमाडौं

एसईईको पूरक परीक्षा आगामी साउन २९ गतेदेखि हुने भएको छ ।

हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले साउनमा पूरक परीक्षा दिन पाउने भएका हुन् । परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् । विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणकालागि भने असार २३ गते बेलुकी पाँच वजेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।  


प्रतिक्रिया