महिला एसियन कप फुटबल छनोट खेलेर नेपाली टोली स्वदेश फिर्ता

असार २३, २०८२

उज्वेकिस्तानमा एएफसी महिला एसियन कप फुटबल छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गरेका थिए । 

टोलीकी कप्तान सावित्रा भण्डारीले उज्वेकिस्तानमा भएको छनोटमा सफल नभए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताइन् । महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने उज्वेकिस्तानबाटै बेल्जियम गएको एन्फाले जनाएको छ ।

 छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।  


प्रतिक्रिया