चेल्सीलाई फिफा क्लब विश्वकपको उपाधि

असार ३०, २०८२ | काठमाडौं
इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममागएराति सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेनपीएसजीलाई ३–० गोलले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।चेल्सीले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो ।
चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे ।खेलको २२औं मिनेटमा पाल्मरको गोलबाट चेल्सीले अग्रता लिएको थियो । पाल्मरले ३०औं मिनेटमा दोस्रो गोल गरे । खेलको ४३औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३–० को अग्रता बनाएको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको पीएसजीको आक्रमण फाइनलमा भने चल्न सकेन ।
दोस्रो हाफमा पनि पीएसजीले गोल गर्न सकेन । खेलको ८५ औं मिनेटमा जोवाओ नेभेसले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीका कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिए । चेल्सीले यसअघि सन् २०२१ मा पहिलो पटक उपाधि उचालेको थियो । सन् २०१२ मा भने चेल्सी उपविजेतामा सीमित बनेको थियो ।