साफ महिला यू–२० च्याम्पियनसिप फुटबलमा नेपालको तेस्रो जित

श्रावण १, २०८२ | काठमाडौं

नेपालले साफ महिला यू–२० च्याम्पियनसिप फुटबलमा तेस्रो जित निकालेको छ ।

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउन्डमा आज भएको खेलमा नेपालले श्रीलंकालाई ७–० ले हराएको हो । नेपालको जितमा समीक्षा मगरले दुई गोल गरिन् । यस्तै पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र विर्षणा चौधरीले एक एक गोल गरे ।

अर्को एउटा गोल आत्मघाती रह्यो । डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपालले यसअघि श्रीलंकालाई ७–० ले नै हराएको थियो । जितसँगै नेपाल ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर दोस्रो स्थानमा छ । अब नेपालले भुटानसँग पर्सि शनिबार र बंगलादेशसँग सोमबार खेल्नेछ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।   


प्रतिक्रिया