नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा आज श्रीलंकासँग खेल्दै

असार ३१, २०८२ | काठमाडौं

नेपालले साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा आज श्रीलंकासँग खेल्दै छ । बंगलादेशको बसुन्धरा किङ्स एरेनामा नेपाली समय अनुसार साँझ पौने ७ बजे नेपाल र श्रीलंका आमनेसामने हुनेछन् । 

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ र दोस्रो खेलमा भुटानसँग ५–० गोलले पराजित भएको थियो ।

उपाधि दाबेदारको रुपमा रहेको बंगलादेशले नेपालमाथि एक जितको फाइदा पाइसकेको छ । तर डबल राउन्ड रोबिनका आधारमा चलिरहेको प्रतियोगितामा नेपालसामु पुनरागमनको अवसर भने छ । 

अब गोल अन्तरमा आफूलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ । प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भुटानको समान ३ अंक रहेको छ । 

गोलअन्तरका आधारमा नेपाल दोस्रोमा छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फम्र्याटमा खेलाइएको छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन बन्नेछ ।


प्रतिक्रिया