एभरेष्ट महिला भलिबल लिगः आजको खेलमा ललितपुर, कर्णाली र मधेश विजयी

भाद्र २१, २०८२ | काठमाडौं
पोखरामा जारी एभरेष्ट महिला भलिबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा ललितपुर क्वीन्स, कर्णाली यश्वीस र मधेश युनाइटेड विजयी भएका छन् ।
पोखरा रंगशालास्थित कभर्डहलमा आज भएको पहिलो खेलमा ललितपुर क्वीन्सले काठमाडौं स्पाइकर्सलाई ३–० को सोझो सेटमा हराउँदा दोस्रो खेलमा कर्णाली यश्वीसले लाभाजलाई ३–१ र तेस्रो खेलमा मशेध युनाइटेडले पोखरा निन्जालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
अब भोलि हुने खेलमा काठमाडौं स्पाइकर्स र मधेश युनाईटेड तथा लुम्बिनी लाभाज र पोखरा निन्जाबीच प्रतिस्पर्धा हुनेछ ।