अस्ट्रेलिया र भारतबीचको पहिलो पहिलो टी–२० खेल वर्षापछि रद्द

कार्तिक १२, २०८२ | काठमाडौं

अस्ट्रेलिया र भारतबीच आजबाट सुरु भएको पाँच म्याचको टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।

अष्ट्रेलियाको क्यानबेरामा भारतले ९ दशमलव ४ ओभरमा १ विकेट गुमाएर ९७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द गरिएको हो ।

खेल रद्द हुनुअघि भारतका शुभमन गिल ३७ र कप्तान सूर्यकुमार यादव ३९ रनमा नटआउट थिए । ओपनर अभिषेक शर्माले १९ रन बनाउँदा अस्ट्रेलियाले पहिलो विकेट लिएको थियो । वर्षाका कारण दुई पटक सम्म खेल प्रभावित भएपछि रद्द गरिएको हो ।

पहिलो पटकको वर्षा रोकिएपछि खेललाई १८ ओभरमा छोट्याइए पनि पछि पुनः भारी मात्रामा वर्षा भएपछि खेल रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुई टोलीबीचको दोस्रोे टि–२० खेल पर्सी शुक्रबार मेलवर्नमा हुनेछ । यसअघि भएको ३ म्याचको एकदिवसीय श्रृंखला भने अस्ट्रेलियाले २–१ ले जितेको थियो ।     


प्रतिक्रिया