संसद विघटनविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

कार्तिक १२, २०८२ | काठमाडौं

सर्वोच्च अदालतको संवैधानिक इजलसले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालयलगायतका विपक्षीलाई सरकार गठन र प्रतिनिधिसभा विघटनका मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न पनि संवैधानिक इजलासले आदेश जारी गरेको हो । संवैधानिक इजलासले सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आज पहिलो सुनुवाइ गरेको हो ।

सुनुवाइपछि मुद्दामा विपक्षी बनाइएकाहरूलाई ७ दिनभित्र लिखित जवाफ महान्यायाधीवक्ताको कार्यालयमार्फत पेस गर्न आदेश जारी गरेको छ । रिट निवेदनकर्ताले अन्तरिम आदेश माग गरेकोमा भने संवैधानिक इजलासले अस्वीकार गरेको छ । 


प्रतिक्रिया