निर्वाचनमा अवामी लिगमाथिको प्रतिबन्ध अन्यायपूर्ण होः शेख हसिना

कार्तिक १२, २०८२ | काठमाडौं

बंगलादेशमा गत वर्ष भएको आन्दोलनपछि भारतमा निर्वासीत जीवन विताइरहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टीलाई चुनावमा सहभागी हुन नदिए देशमा विभाजन बढ्ने चेतावनी दिनुभएको छ ।

अन्तरिम सरकारले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा “राष्ट्रिय सुरक्षाको खतरा” भन्दै हसिना नेतृत्वको अवामी लिगलाई प्रतिबन्ध लगाएको सन्दर्भमा हसिनाको सो चेतावनी आएको हो ।

बंगलादेशमा सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकारले निर्वाचनको तयारी गरिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार सो आन्दोलनमा १ हजार ४ सय जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

पूर्व प्रधानमन्त्री हसिनाका अनुसार लाखौं समर्थकहरुले मतदान बहिष्कार गर्ने बताउँदै आएका छन् । हसिनाले हालै लेखेको एक इमेलमा आफ्नो पार्टी अवामी लिगमाथिको प्रतिबन्ध अन्यायपूर्ण मात्र नभइ देशकै लागि हानिकारक भएको बताएको समाचारमा उल्लेख छ ।  


प्रतिक्रिया