काभा कप पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पाँचौं स्थानमा

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ११, २०८२ | काठमाडौं

बंगलादेशमा जारी काभा कप पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले पाँचौं स्थान हासिल गरेको छ । ढाकास्थित इन्डोर हलमा पाँचौ स्थानका लागि आज भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो ।

 नेपालले सुरुवाती दुई सेट २९–२७, २५–२० ले आफ्नो पक्षमा पार्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले ३५–३७ ले गुमायो । चौथो सेट नेपालले २५–१९ ले जित्यो । प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक हराएको हो । 

लिग चरणमा पनि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । लिग चरणमा नेपालले तुर्किमिनिस्तान, अफगानिस्तान र श्रीलंकासँग समान ३–० तथा बंगलादेशसँग ३–२ सेटको हार बेहोरेको थियो ।


प्रतिक्रिया