नेपाल राजस्थानसँगको मैत्रीपूर्ण खेलमा ५६ रनले पराजित

कार्तिक २७, २०८२ | काठमाडौं

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली राजस्थानसँगको मैत्रीपूर्ण खेलमा ५६ रनले पराजित भएको छ । 

भारतको देहरादुनमा आज भएको खेलमा राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा ८८ रनमा अलआउट भयो । 

नेपालकी सना परभिनले ३१ रन जोडिन् । रुबिना क्षेत्री १७ तथा विन्दु रावलले १२ रन बनाइन् । 

राजस्थानकी अर्चना योगीले ३ तथा निधि शेनीले २ विकेट लिइन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।

आजदेखि शुरु मेत्रीपूर्ण प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिम बङ्गाल र उत्तराखण्डसँग ६ वटा खेल खेल्ने छ । विश्वकप क्रिकेट छनोटको तयारीका लागि इन्दु बर्माको नेतृत्वमा रहेको महिला टोली भारत भ्रमणमा गएको हो । 


प्रतिक्रिया