एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंको दोस्रो जित
कार्तिक २७, २०८२ | काठमाडौं
काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पोखरा निन्जाजलाई हराएको छ ।
त्रिपुरेश्वस्थित राखेपको कभर्ड हलमा आज भएको खेलमा काठमाडौंले पोखरालाई ३–१ को सेटमा हराएको हो ।
पोखराविरुद्ध काठमाडौं २५–१९, २५–१७, १२–२५, २५–१८ ले विजयी भयो ।
चार खेल खेल्दा दोस्रो जित निकालेको काठमाडौं ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
पोखराले भने पाँचै खेल खेलिसक्दा जम्मा १ जित ४ हारका साथ ४ अंक जोडेर लिग सकाएको छ ।











