प्रियांकले कर्णालीबाट एनपीएल खेल्दै
कार्तिक २७, २०८२ | काठमाडौं
भारतीय क्रिकेटर प्रियांक पान्चाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटका लागि कर्णाली याक्समा अनुबन्ध भएका छन् ।
कर्णालीले आजविज्ञप्ति जारी गरेर प्रियांकलाई अनुबन्ध गरेको जनाएको हो ।
३५ वर्षीय प्रियांकले भर्खरै हङकङमा सम्पन्न हङकङ सिक्सेस क्रिकेट खेलेका थिए ।
उनले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् ।
१ सय २७ खेलबाट ८ हजार ८ सय ६६ रन बनाएका प्रियांकले टी–२० तर्फ ५९ खेलमा ९ अर्धशतकसहित १ हजार ५ सय २२ रन बनाएका छन् ।
कर्णालीले यसअघि ३ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।
एनपीएलको दोस्रो संस्करण आगामी सोमबारदेखि सुरु हुँदैछ ।











