एनपीएलमा लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगर ५ विकेटले पराजित

मंसिर १७, २०८२ | काठमाडौं

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले लगातार दोस्रो जित निकाल्दै प्लेअफ समिकरण खेल्ने सम्भावना बलियो बनाएको छ ।

 काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफ समिकरण कायमै राखेको हो । विराटनगरले ८ विकेट गुमाउँदै दिएको १ सय ४५ रनको लक्ष्य लुम्बिनीले १४ बल अघि नै १७ दशमलव ४ ओभरमा पूरा गर्यो । 

लुम्बिनीको जितमा म्याथ्यु सर्टले सर्वाधिक ५७ रनको अर्धसतकीय इनिङ्स खेले । आजको खेलको नतिजापछि लुम्बिनी ६ खेलबाट ३ मा जितसहित ६ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

 यस्तै ६ खेलबाट ४ मा जितसहित ८ अंक बनाएको विराटनगर तेस्रो स्थानमा छ । जारी लिगमा अपराजित रहेको सुदूदरपश्चिमले भने ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया