राष्ट्रिय लिगमा आर्मीको जित

फाल्गुन १७, २०८२ | काठमाडौं

विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलमा नव जनजागृति युवा क्लबमाथि अपेक्षित जित निकालेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले नव जनजागृतिलाई ३–० ले हरायो ।

कप्तान जर्ज प्रिन्स कार्कीले पेनाल्टीबाट गोल गरेपछि आर्मीले नवौं मिनेटमा अग्रता लिएको थियो ।

त्यसपछि नवयुग श्रेष्ठले ५४ र कुनसाङ लामाले ७५ औं मिनेटमा एक÷एक गोल थपे । चर्च ब्वाइजविरुद्धको खेल गुमाए यता आर्मीको यो लगातार दोस्रो जित हो ।

उसको आठ खेलबाट १७ अंक भएको छ । नव जनजागृतिको भने यो लगातार आठौं हार हो । अंकबिहिन नव जनजागृति पुछारमा छ ।

लिगअन्तर्गतको अर्को खेलमा अहिले न्युरोड टिम एनआरटी र चित्लाङ एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।

आजै साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लबले प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया