आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १८, २०८२ | काठमाडौं

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । विश्वकपमा गएराती सम्पन्न खेलमा वेस्ट इण्डिजलाई हराउँदै भारतले स्थान पक्का गरेपछि सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।

 विश्वकपमा सहभागी २० राष्ट्रमध्ये उत्कृष्ट रहेका शीर्ष ४ टोलीको टुंगो लागेको हो । सुपर ८ मा पुगेका मध्ये उत्कृष्ट ४ टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् । सुपर ८ को समूह १ बाट भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाउँद, समूह २ बाट इङ्ल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् । पर्सि बुधबारबाट सेमिफाइनलका खेल सुरु हुदैछन् ।

 पहिलो सेमिफाइनलमा समूह १ को बिजेता दक्षिण अफ्रिका र समूह २ को उपविजेता न्युजिल्याण्डबीच खेल हुनेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा समूह २ को विजेता इङ्ल्याण्ड र समूह १ को उपविजेता भारतबीच खेल हुनेछ । दुवै सेमिफाइनलको विजेताबीच आगामी आइतबार उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया