एनपीएलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै, चितवन राइनोजले अपराजित सुदूरपश्चिम रोयल्सको सामना गर्ने

रेडियो कान्तिपुर संवाददाता

मंसिर १८, २०८२

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दैछन् । यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा चितवन राइनोजले अहिलेसम्म अपराजित सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ । यो खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । 

जारी लिगमा सुदूरपश्चिम ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा कायम छ । काठमाण्डु गोर्खाज ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । त्यसैगरी, ६ खेलबाट ४ मा जितसहित ८ अंक बनाएको विराटनगर तेस्रो स्थानमा छ । हिजोको खेलको नतिजापछि लुम्बिनी ६ खेलबाट ३ मा जितसहित ६ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ भने ४–४ अंक प्राप्त गरेको पोखरा एभेन्जर्स पाँचौँ र चितवन राइनोज छैटौँ स्थानमा छ ।


प्रतिक्रिया