एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजबाट सुरु

पुस ११, २०८२ | काठमाडौं

काठमाडौंमा आयोजित नवौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको उद्धघाटन खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

पुलिसले सुदूरपश्चिममाथि २५–१०, २५–६ र २५–११ को सेटमा जित हात पारेको हो ।

अर्को खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

आर्मीले २५–१७, २५–१४ र २५–२३ ले सेट आफ्नो पक्षमा पारेको हो ।

यसैबीच, पुरुषतर्फ साबिक विजेता टिप टप हेल्प नेपाल स्पोट्र्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

आज भएको खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सोझो सेटमा पराजित गर्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो र दोस्रो सेट पुलिसले २५–२० र २५–१४ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेट ३५–३३ ले जितेको ढोरपाटनले चौथो सेट २५–१४ ले गुमायो ।

अर्को खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

हेल्प नेपालले एपीएफलाई २५–२१, २५–२० र २५–२० को सेटले हरायो ।

पुष १९ गतेसम्म हुने च्याम्पियनसिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ गरी २० टोली सहभागी छन् । 


प्रतिक्रिया