अफ्रिका कप अफ नेसन्समा आज क्यामरुन र गाबोन भिड्ने

पुस ९, २०८२ | काठमाडौं

अफ्रिका कप अफ नेसन्सअको आज राति हुने खेलमा क्यामरुनले गाबोनको सामना गर्नेछ ।

मोरक्कोको अगादिरस्थित अदरार स्टेडियममा हुने खेल नेपाली समयानुसार राति पौने २ बजे सुरु हुनेछ ।

समूह एफको पहिलो खेलमा दुवै टोली जित निकाल्ने योजनासहित मैदान उत्रदै छन् ।

फिफा विश्वकपका लागि छनोट हुन असफल भएपछि क्यामरुन दबाबमा छ ।

विश्वकपमा सबैभन्दा धेरै आठ पटक सहभागिता जनाउने अफ्रिकी कीर्तिमान बोकेको क्यामरुन केप भर्डेसँग पछि पर्दै अर्को विश्वकप गुमाएको हो ।

फिफा वरियतामा गाबोन क्यामरुनभन्दा २७ स्थान तल छ ।


प्रतिक्रिया