राष्ट्रिय लिगमा पुलिस र चित्लाङबीच बराबरी

माघ ६, २०८२ | काठमाडौं

राष्ट्रिय लिग फुटबलमा चित्लाङ फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको ४१ औं मिनेटमा म्याथ्यु बाबाटुन्डेको गोलबाट चित्लाङले अग्रता लिएको थियो ।

तर, खेलको ८६ औं मिनेटमा चित्लाङका खेलाडीबाट भएको आत्मघाती गोलका कारण पुलिस बराबरीमा फर्कियो । 

खेल सकिन तीन मिनेट बाँकी रहँदा लच्छुमन रानामगरले आत्मघाती गोल गरेपछि पुलिस एक अंक बटुल्न सफल रह्यो । 

यो नतिजापछि चित्लाङको दुई खेलबाट चार अंक भएको छ । पुलिस भने दुई खेलबाट एक अंकमै सीमित रहेको छ । 

अर्को खेलमा अहिले प्लानिङ ब्वाइज र आर्मीबीत प्रतिस्पर्धा भईरहेको छ ।


प्रतिक्रिया