तेहरान र बेरूतमा इजरायली सेनाको हवाई आक्रमण

रेडियो कान्तिपुर संवाददाता

चैत्र ३, २०८२ | काठमाडौं

इजरायली सेनाले इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु गरेको बताएको छ । त्यस्तै, बेरुतका तीन इलाकामा पनि आक्रमण भएको छ । इरानले पनि खाडी क्षेत्र लक्षित गरी मिसाइल र ड्रोन आक्रमणहरू गरिरहेको छ । कतार, साउदी अरेबिया, युएई र कुवेतले इरानी मिसाइल प्रतिरोध गरिएको जनाएका छन् । 

एम्नेस्टी इन्टरनेशनलको अनुसन्धानले इरानको एक विद्यालयमा भएको आक्रमणमा अमेरिका संलग्न गरेको देखाएको छ । सो आक्रमणमा कम्तिमा १ सय ७० जनाको मृत्यु भएको थियो, जसमा अधिकांश छात्राहरु रहेको बताइएको छ ।  


प्रतिक्रिया