महिला राष्ट्रिय लिग फुटबल भोलीबाट
चैत्र ३, २०८२ | काठमाडौं
एन्फा महिला राष्ट्रिय लिग फुटबल भोलीबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने लिगको उद्धघाटन खेलमा न्युरोड टिक एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल च्यासलस्थित मैदानमा बिहान ११ बजे सुरु हुनेछ । भोली नै दिउँसो ३ बजे हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । बैशाख १२ गतेसम्म संचालन हुने लिगअन्तर्गतका खेलहरु सिंगल राउन्ड रोबिनका आधारमा हुनेछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको प्रि म्याच कन्फरेन्समा सहभागी ९ वटै टोलीले तयारी राम्रो भएको भन्दै नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका छन् ।










