ग्लोबल छनोटमा बंगलादेशको लगातार दोस्रो जित
माघ ६, २०८२ | काठमाडौं
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा बंगलादेशले लगातार दोस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को खेलमा बंगलादेशले पपुवा न्युगिनी पीएनजीलाई ३० रनले हराएको हो ।
बंगलादेशले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।
पीएनजीका लागि कप्तान ब्रेन्दा ताउले सर्वाधिक ३५ रन बनाइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
बंगलादेशले पहिलो खेलमा अमेरिकालाई हराएको थियो । पीएनजी भने अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएको थियो ।









