थाइल्यान्डले ग्लोबल छनोटमा दोस्रो जित हात पार्यो

माघ ६, २०८२ | काठमाडौं

काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्यान्डले लगातार दोस्रो जित हात पारेको छ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा थाइल्यान्डले जिम्बाबेमाथि १ रनको रोमाञ्चक जित निकालेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको समूह खेलमा थाइल्यान्डले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १४ रन बनायो ।

अन्तिम ओभरमा जिम्बाबेलाई ९ रन आवश्यक थियो । फनिता मायाले ७ रन मात्र दिएर अन्तिम बलमा विकेट पनि लिइन् ।

१ बलमा २ रन आवश्यक हुँदा जिम्बाबेले विकेट गुमाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

थाइल्यान्डले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

जिम्बावे भने नेदरल्यान्ड्ससँग पराजित भएको थियो । जिम्बाबेले अब नेपाल र स्कटल्यान्डसँग खेल्न बाँकी छ । 


प्रतिक्रिया