राष्ट्रिय लिगमा आर्मी र प्लानिङले अंक बाँडे

माघ ६, २०८२ | काठमाडौं

विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बरबरी खेल्दै अंक बाँडेका हुन् ।

दुवै टोलीले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।

यसअघि आर्मीले आफ्नो पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ५–० ले पराजित गर्दा, प्लानिङ ब्वाइजले नेपाल पुलिस क्लबलाई हराएको थियो ।

योसँगै आर्मी र प्लानिङ ब्वाइज दुवैको समान ४ अंक भएको छ ।


प्रतिक्रिया