टाइगर कपः एपीएफको दोहोरो जित

रेडियो कान्तिपुर संवाददाता

माघ १२, २०८२ | काठमाडौं

पोखरामा जारी छैटौं टाइगर कप क्लब भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल एपीएफले महिला र पुरुष दुवैतर्फ जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएका खेलमा एपीएफले महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ माल्दिभ्स भलिबल एसोसियसनलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा दोहोरो जित दर्ता गरेको हो ।

महिलातर्फको खेलमा एपीएफले आर्मीलाई २५–११, २५–१८ र २५–१९ को सेटमा हरायो । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई २५–२०, २५–१८ र २५–२० ले हरायो । 

आजकै अर्को खेलमा घरेलु टिम गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गरेको छ ।

 च्याम्पियनसिपअन्तर्गत भोली महिलातर्फ आर्मी र थाइल्यान्ड तथा न्यु डायमन्ड स्पोटर््स क्लब र पुलिसबीच खेल हुनेछ । पुरुषतर्फ भने पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स तथा गण्डकी र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया