राष्ट्रिय लिगमा एनआरटी र एपीएफको जित
माघ ११, २०८२ | काठमाडौं
न्युरोड टिम एनआरटी र नेपाल एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलअन्तर्गत आज भएका खेलमा जित हात पारेका छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले संकटा क्लबलाई २–१ ले हराउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
एपिएफको जितमा प्रदीप लामा र युवराज खत्रीले एक÷एक गोल गरे । गणेश हमालले संकटाका लागि एक गोल फर्काए ।
यसअघि ललिपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज सम्पन्न खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।
एनआरटीको जितमा आशिष गुरुङले खेलको ६७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै एनआरटीले चार खेलबाट ९ अंक पु¥याएको छ । यता फ्रेन्ड्सको भने समान खेलबाट ४ अंक छ ।
लिग अन्तर्गतको अर्को खेलमा अहिले जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा भईरहेको छ ।










