आहा रारा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लबलाइ

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ९, २०८२ | काठमाडौं

पोखरामा आयोजित २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि आयोजक सहारा क्लबले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै सहाराले उपाधि उचालेको हो । 

घरेलु टोली सहाराले १२ वर्षपछि उपाधि घरमै सुरक्षित गरेको हो । २३ औं मिनेटमा गोल गर्दै सहाराले १–० को अग्रता बनाएकोमा ७३ औं मिनेट दोस्रो गोल मार्फत अग्रता दोब्बर बनाएको थियो । 

उपाधि विजेता सहाराले १४ लाख एक हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको जावलाखेलले ७ लाख एक हजार रुपैयाँ चित्त बुझाएको छ ।   


प्रतिक्रिया