राष्ट्रिय लिग फुटबल : संकटाले चित्लाङलाई ४–० ले हरायो

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १५, २०८२ | काठमाडौं

संकटा प क्लबले राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसीलाई ४–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फराकिलो जित हात पारेको हो । 

विदेशी खेलाडी रिचर्ड ओनयमको ह्याट्रिकमा संकटाले ५ खेल यता पहिलो जित निकाल्यो । आठौं चरणमा आएर दोस्रो जित निकालेको संकटाले समग्रमा ९ अंक जोडेको छ । चित्लाङले भने समान खेलबाट ७ अंक जोडेको छ । 


प्रतिक्रिया