राज्यका संयन्त्रहरु निष्पक्ष भएर निर्वाचन गराउनुपर्छ : ओली

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १५, २०८२ | काठमाडौं

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । गृहजिल्ला झापामा आयोजित कार्यक्रममा बोल्दै ओलीले राज्यका संयन्त्रहरु निष्पक्ष भएर निर्वाचन गराउनुपर्ने बताउनुभएको हो ।

अंसवैधानिक ढंगमा संसद विघटन गरेर चुनाव गर्न लागिएको ओलीको भनाइ थियो । उहाँले अलोकतान्त्रिक बाटोबाट हिड्न चाहनेहरुको सरकार बनाउन चुनाव गरिएको आरोप लगाउनुभयो । यसैबीच, एमाले अध्यक्ष ओली आज पनि चुनावी प्रचारका क्रममा झापा क्षेत्र नम्वर ५ का विभिन्न स्थानमा पुग्नुभएको विवरण प्राप्त भएका छन् । 


प्रतिक्रिया