राष्ट्रिय लिगमा चर्च ब्वाइजको जित

फाल्गुन २८, २०८२ | काठमाडौं

चर्च ब्वाइज युनाइटेड एन्फा राष्ट्रिय लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

आज भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रे बिहार क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज विजयी भयो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन दुबै गोल रिचर्ड विल्सनले गरे ।

२–० ले पछाडि परेको अवस्थामा काँक्रे बिहारका लागि सुदेन विक्रम विश्वकर्माले एक गोल गरेका थिए । जितसँगै ९ खेलमा २२ अंक जोडेको चर्च ब्वाइजले पाँच स्थान सुधार गर्यो ।

काँक्रे बिहारको यो आठौं हार हो । समान खेलमा काँक्रे बिहारले मात्र एक अंक जोडेको छ ।

लिगअन्तर्गतको अर्को खेलमा अहिले श्री भगवती क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।

खेल त्रिपुरेश्वरस्थ्ति दशरथ रंगशालामा जारी छ । आजै, साँझ ६ बजे विभागीय डर्बीअन्तर्गत एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब आमने–सामने हुनेछन् । 


प्रतिक्रिया