पीएम कप क्रिकेट : बागमती प्रदेशको तेस्रो जित

रेडियो कान्तिपुर संवाददाता

चैत्र २५, २०८२ | काठमाडौं

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ। जनकपुरस्थित रामजानकी बहुउदेश्यीय क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। 

कोशीले दिएको एक सय रनको लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको कोशी २८ ओभर २ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो । अंक तालिकाको पुछारमा रहेको कोशीले अहिलेसम्म जित निकाल्न सकेको छैन। 

बागमतीले ७ खेलबाट ६ अंक जोड्दै सातौ स्थानमा छ । यसैबीच, वीरगन्जस्थित नारायाण्ी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १८ रनले हराएको छ । 

वर्षाले प्रभावित खेल ३५ ओभरमा झारिएको थियो। जसमा मधेश एक बल खेल्न बाँकी छदा १ सय ७२ रनमा अलआउट भयो। जितसँगै ६ खेलबाट ९ अंक जोडेको मधेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता गण्डकी भने ७ खेलबाट ५ अंक जोड्दै सातौ स्थानमा छ । 


प्रतिक्रिया